नेशनल लघुवित्तको झन्डै ९० हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २४ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विभिन्न ७ संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ४९३ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।  संस्थाको सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति वैशाख २४ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।