बैंकिङ कसूरमा १ करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका व्यक्ति ललितपुरबाट पक्राउ

बैंकिङ कसूरमा १ करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका व्यक्ति ललितपुरबाट पक्राउ


बैकिङ्ग समाचार ।
प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार भएका व्यक्तिलाई ठेंचोबाट पक्राउ गरेको छ। 

बिहीबार बिहान प्रहरीले एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार व्यक्तिलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा ठेंचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोल छन्।  

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ साल मंसिर २१ गते तीन वर्ष कैद र एक करोड ६५ जरिवाना सजाय दिएको थियो। 

त्यस दिनदेखि फरार डंगोललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए। 

कैद तथा जरिवाना असुलीको लागि ललितपुर जिल्ला अदालत पठाइएको छ।