शंकरदास बैरागी नयाँ मुख्यसचिव,रेग्मीलाई बेलायतको राजदूतमा शिफारिस

शंकरदास बैरागी नयाँ मुख्यसचिव,रेग्मीलाई बेलायतको राजदूतमा शिफारिस


बैकिङ्ग समाचार ।
सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा शिफारिस गरेको छ ।

यसैगरी, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत शिफारिस गरिएको पनि मन्त्रीले बताए ।