एक्सेल डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?


काठमाडौं –एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले कोसी प्रदेशभरिका आफ्ना विभिन्न शाखा कार्यालयहरूको लागि गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो। 

बैंकले एक सूचना जारी गर्दै विराटनगर, बेलबारी, फिदिम र खाडबारीस्थित शाखाहरूको लागि जम्मा ४ जना गोल्ड टेस्टर आवश्यक रहेको जनाएको छ। सो पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्नेछ। 

त्यस्तै, सुन तथा गहना मूल्याङ्गन वा सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। बैंक तथा वित्तीय संस्था वा सुन व्यावसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ। 

साथै, सुन परीक्षण, गहना तथा बहुमूल्य धातु मूल्याङ्गनमा व्यवहारिक अनुभव भएका, आधारभूत कम्प्युटर ज्ञान तथा अभिलेख व्यवस्थापनमा दक्ष, राम्रो संवाद क्षमता र टिमवर्क गर्न सक्ने उम्मेदवारलाई विषेश प्राथमिकता दिने बैंकले जनाएको छ। इच्छुक तथा योग्य उम्मेदवारले आगामी जेठ ६ गते साँझ ५ः३० बजेसम्म सो पदका लागि आवेदन दिन सक्नेछन्।