एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त


काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन्। संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई सो पदमा नियुक्त गरेको हो ।

उनलाई वैशाख २२ गतेदेखि लागुहुने गरी ४ वर्षे कालकालका लागि सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी लघुवित्तको डिसीइओको रुपमा कार्यरत थिए । उनीसँग लघुवित्त क्षेत्रको लामोअनुभव छ ।