काठमाडौं – नेपाल बीमा प्राधिकरणले निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।
नयाँ जिम्मेवारीअनुसार नियमन महाशाखामा निर्देशक कमल प्रसाद रेग्मी, व्यवस्थापन महाशाखामा निर्देशक पुजन ढुङ्गेल अधिकारी, अनुसन्धान महाशाखामा निर्देशक ध्रुव तिमल्सिना, सुपरीवेक्षण महाशाखामा निर्देशक कुन्दन सापकोटा रहनेछन् । यस्तै, निर्देशक शम्भराज लामिछानेले कानून महाशाखाको जिम्मेवारी सम्हाल्नेछन् ।
यसअघि निर्देशक रेग्मी कानून महाशाखामा थिए भने ढुंगेल अनुसन्धान महाशाखामा, तिमिल्सिना सुपरिवेक्षण महाशाखामा, सापकोटा व्यवस्थापन महाशाखामा, शाम्भराज लामिछाने नियमन महाशाखाको जिम्मेवारीमा थिए ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारी भने बीमालेख महाशाखा नै रहने भएका छन् ।



About Us
प्रतिक्रिया