ट्विटरको सूचना सुरक्षा प्रमुखमा रिन्की सेठी नियुक्त

ट्विटरको सूचना सुरक्षा प्रमुखमा रिन्की सेठी नियुक्त


बैकिङ्ग समाचार ।
ट्विटरले सोमबार नयाँ सूचना सुरक्षा प्रमुख नियुक्त गरेको छ। ट्विटरले आइबीएमका पूर्व सूचना सुरक्षा कार्यकारी रिन्की सेठीलाई आफ्नो नयाँ सूचना सुरक्षा प्रमुखमा रुपमा नियुक्त गरेको हो।

रिन्कीको लिंकदेन प्रोफाइलअुनसार उनले यसअघि साइबर सुरक्षा फर्म ‘पालो अल्टो’मा समेत सूचना सुरक्षाको उपाध्यक्षका रूपमा काम गरेकी थिइन्।

रोयटर्सका अनुसार जुलाइदेखि ट्विटरले नयाँ सूचना सुरक्षा प्रमुखको खोजी गरेको थियो। गत डिसेम्बारदेखि ट्विटर सुरक्षा प्रमुख विना चलिरहेको थियो।

रोयटर्सको रिपोर्टअनुसार कुनै उच्चस्तरको प्रोफाइल उल्लंघन हुनुभन्दा अगाडि नै यसले सुरक्षा प्रमुख नियुक्त गर्न खोजेको हो।

यस अघि जुलाइमा ह्याकरले अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेन र रियलिटी टिभी स्टार किम कार्डाशियन लगायत उच्च स्थरका व्यक्तिहरुको अकाउन्ट ह्याक गरेका थिए। ह्याकरले यी अकाउन्टहरु डिजिटल मुद्रा माग गर्न प्रयोग गरेका थिए।

एजेन्सीको सहयोगमा