कर्मचारीहरुमा कोरोना देखिएपछि अनलाईन मार्फत सेवा प्रवाह गर्ने मर्चेन्ट बैंकहरुको सूचना

कर्मचारीहरुमा कोरोना देखिएपछि अनलाईन मार्फत सेवा प्रवाह गर्ने मर्चेन्ट बैंकहरुको सूचना


बैकिङ्ग समाचार ।

कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि मर्चेन्ट बैंकरहरुले फोन, ई-मेल वा अन्य विद्युतीय माध्यामबाट मात्र सेवा प्रवाह गर्ने भएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै ग्राहकहरुको सुरक्षा र कर्मचारीहरुलाई संक्रमणबाट सुरक्षित राखि मर्चेन्ट बैंकरहरुले ग्राहकहरुको भौतिक उपस्थिति विना नै सेवा प्रदान गर्ने भएका हुन् ।

मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु समेत कोरोना संक्रमण हुन थालेपछि असोज १४ गते बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने निर्णय गरिएको बताए ।

पछिल्लो समय ६० प्रतिशतभन्दा धेरै संक्रमण उपत्यकामा पुष्टि हुनु र क्यापिटलका कार्यालयहरुमा सेवाग्राहीको बाक्लो भीड बढ्न थालेपछि भौतिक उपस्थिती बिना नै सेवा प्रवाह गर्ने निर्णय गरिएको हो ।

परिस्थिति सहज हुनासाथ ग्राहक सेवालाई निरन्तरता दिने मर्चेन्ट बैंकरहरुले जनाएका छन् । कम्पनीहरुले प्रदान गर्ने सेवा सम्बन्धी विस्तृत जानकारी २४ वटै क्यापिटलको वेवसाइट मार्फत प्राप्त गर्न सकिने बताइएको छ ।

नबिल इन्भेस्टमेन्ट बैंकिङका १३ जना कर्मचारीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

\"\"