नगरपालिकाभित्र एउटा बैंक त्यो पनि बन्द 

नगरपालिकाभित्र एउटा बैंक त्यो पनि बन्द 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको एउटा बैंक पनि बन्द भएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप डाँडामा सञ्चालनमा रहेको राष्ट्रिय बाणिज्य बैंकका एक कर्मचारीमा कोरोना संक्रमण भएपछि बैंक नै बन्द भएको हो । बैकले पाँच दिनको लागि बन्द गरिएको सूचना जारी गरेको छ ।  बैँकका प्रबन्धक कोरोना पुष्टि भएपछि असोज १५ गतेसम्मका लागी बन्द गरिएको  हो । प्रबन्धक भने हाल रामेछाप नगरपालिकाको आईसोलेसनमा बस्नु भएको छ भने बैँकका अन्य कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन ।