महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन दिँदा संस्थाको केन्द्रिय कार्यालयभित्र अग्नीसाईर कृष्णासवरन- ६ महुली सप्तरीमा आवेदन दिन सक्नेछन्।