सिभिल लघुवित्तको हकप्रद बाँडफाँड

सिभिल लघुवित्तको हकप्रद बाँडफाँड


बैकिङ्ग समाचार । 
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई साउन २५ गते, आइतबारबाट भाद्र २९ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेकाे छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१:१) अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई संस्थाकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार हिजाे (असाेज १३ गते, मंगलबार) बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना:

\"\"