सिटिजन्स बैंकको नाफा १ अर्बमाथि, कस्तो छ अन्य सूचक ?


काठमाडौं – सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासमा १ अर्ब बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १ अर्ब ३० करोड खुद नाफा गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड १८ लाख नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आक्दानीमा गिरावट आउँदा पनि नाफा बढेको हो । बैंकले गत वर्षको चैतसम्ममा ४ अर्ब ७४ करोड ब्याज आम्दानी गरेकोमा चालु वर्षको चैतसम्म ४ अर्ब ६७ करोड खुद ब्याज आम्दानी गरेको छ । हाल बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ९१ करोड ७३ लाख , कुल सञ्चालन आम्दानी ६ अर्ब १५ करोड र सञ्चालन नाफा १ अर्ब ८४ करोड रहेको छ ।

चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा ९ अर्ब १८ करोड रहेको छ ।

बैंकको खराब कर्जा बढेर ६.८२ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ११.२३ रुपैयाँ रहेको छ ।