काठमाडौं – कृषि विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार चैतसम्म बैंकले १ अर्ब ३९ करोड ३९ लाख खुद नाफा कमाएको हो ।
बैंकको नाफा गत वर्षको तुलनामा कम हो । गत वर्षको चैत मसान्तसम्म नै बैंकले १ अर्ब ८४ करोड ४३ लाख खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा भने सुधार आएको छ । गत वर्षको चैत मसान्तसम्म ५ अर्ब ९९ करोड ३९ लाख खुद ब्याज आम्दानी गरेको बैंकले ६ अर्ब ६३ करोड ४४ लाख खुद ब्याज आम्दानी गरेको छ । हाल बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ११ करोड ९० लाख छ भने सञ्चालन मुनाफा २ अर्ब १२ करोड ९ लाख छ ।
चैतसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँमा झरेको छ । हाल बैंकको खराब कर्जा भने बढेको छ । बैंकको खराब कर्जा ५.०६ प्रतिशत छ।
हाल बैंकको चुक्तापुँजी १९ अर्ब ७८ करोड ८२ लाख रहेको छ भने जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख सञ्चित रहेको छ।



About Us
प्रतिक्रिया