सिद्धार्थ बैंकको नाफामा सुधार, अन्य सूचक कस्ता ?


काठमाडौं – सिद्धार्थ बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेको देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा पनि केही सुधार आएको छ । बैंकले चैतसम्म ६ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड ब्याज आम्दानी गरेको थियो ।

बैंकको चैतसम्मा खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४० करोड रहेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ८३ करोड र सञ्चालन नाफा २ अर्ब ९४ करोड रहेको छ ।

चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापुँजी १८ अर्ब २९ करोड रहेको छ भने जगेडा कोषमा १६ अर्ब ४३ करोड रहेको छ । बैंकको खराब कर्जा ३.७१ प्रतिशतमा रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७.६२ रुपैयाँ रहेको छ ।