प्रभु बैंकको नाफामा गिरावट, खराब कर्जा ८ प्रतिशत नाघ्यो


काठमाडौं – प्रभु बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफामा गिरावट देखिएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ८७ करोड ६० लाख खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको ८५ करोड १५ लाख नाफा कमाएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढको छ । गत वर्षको चैतसम्म ७ अर्ब ८ करोड ५६ लाख रहेको ब्याज आम्दानी बढेर ७ अर्ब १८ करोड १९ लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ । गत चैतसम्म ९ अर्ब ६१ करोड ९० लाख रहेको सञ्चालन आम्दानी बढेर ९ अर्ब ८२ करोड ४४ लाख पुगेको हो ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब २६ करोड ४३ लाख रहेको छ । चैतसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८१ लाख ऋणात्मक छ। बैंकको खराब कर्जा ८.८४ प्रतिशत रहेको छ । बैंकके प्रतिशेयर आम्दानी ४.८२ रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रहेको छ भने जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख सञ्चित रहेको छ।