काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताए। राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा केही बढेको देखिए पनि अर्थतन्त्र सुधार भएसँगै सुधारिने भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
उनले हाल अर्थतन्त्रको विभिन्न वित्तीय सूचक सुधारोन्मुख देखिएको बताए। उनले मौद्रिक नीतिको कार्यान्वयनका लागि पहल गर्दै आएको बताउँदै मौद्रिक नीति कार्यान्वयन गर्नका लागि नयाँ प्रविधि प्रयोगमा ल्याइएको समेत बताए।
उनले ब्याजदर कम हुँदा नीजि क्षेत्रलाई लगानी गर्न सहज भएको बताए। उनले वित्तीय ग्राहक संरक्षणमा जोड दिएको बताए । ‘मुलुकभित्र लगानीको वातावरण सुधार गर्दै लगानीमा जोड दिँदै आएको छ।’ उनले भने, ‘जेनजी आन्दोलनबाट प्रभावित भएका व्यवसायीको मनोबल सुधार गर्न केन्द्रीय बैंकले नीतिगत सहजता दिएको छ।’ उनले लगानी विस्तारका लागि नै निर्देशित कर्जाको दायरा विस्तार गर्दै लगेको बताए।



About Us
प्रतिक्रिया