आरएमडिसी र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

आरएमडिसी र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार । 
निक्षेप तथा कर्जा सुरक्षण कोषले भदौ ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा ल्याएको आफ्नो लगानीमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो।

कोषले आरएमडिसी लघुवित्तको २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्तको ३ हजार १९४ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो।

आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयरको न्यूनतम शेयरमूल्य १०९ रुपैयाँ ७० पैसा तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

खरिदकर्ताले आफुले खरिद गर्न चाहेको शेयरको धरौटीबापत प्रस्तावित कुल मूल्यको १० प्रतिशतसम्मको रकम कोषको सिटिजन्स बैंकमा रहेको खाता नं. ००१०१००००२५८८२०१ मा जम्मा गरी सोको भौचर संलग्न गरी आवेदन दिनु पर्नेछ। शेयर खरिदका लागि छनौट हुने आवेदकले प्रस्तावित कुल रकममध्ये धरौटीबापत जम्मा गरेको रकम घटाई बाँकी रकम छनौट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कोषको सोही खातामा जम्मा गरी सोको भौचर प्रशासन विभागमा पेश गर्नुपर्नेछ। यसका साथै शेयर नामसारी गर्दा खरिदकर्ताको तर्फबाट भुक्तानी गर्नुपर्ने सबै शुल्क खरिदकर्ताले नै व्यहोर्नुपर्ने कोषले जनाएको छ।

आवेदन आज दिउँसो ५ बजे भित्र कोषको कार्यालय गहनापोखरी, काठमाडौँमा बुझाउनु पर्ने कोषले जनाएको छ।