नाफमा मात्रै  केन्द्रित नरहन बैंकहरुलाई गभर्नर अधिकारीको सुझाव 

नाफमा मात्रै  केन्द्रित नरहन बैंकहरुलाई गभर्नर अधिकारीको सुझाव 


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई नफामा मात्रै नभई वित्तिय सेवामा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । 

मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल गरेको थियो ।

सो कार्याक्रममा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी मौद्रिक नीति जारी गरेको र त्यसैमा ध्यान केन्द्रित रहेर काम गर्न सुझाएका हुन । 

गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे । साथै, कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्नसमेत उनले आग्रह गरे । ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्फ यहाँहरु केन्द्रित हुनुपर्छ’ उनले भने ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने भन्दै उनले त्यसप्रति सजग रहन पनि बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे ।

राष्ट्र बैंकले मर्जररप्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जररप्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे ।

यस्तै उनले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवाामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । उनले अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रीत हुनुपर्ने  बताए।