काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रुपैयाँर त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँर त्यति नै परिमाणको चाँदी पाँच हजार १६० रुपैयाँमा किनबेच भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया