नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आजदेखि बिक्रीमा ल्याएको हो।

बिक्रीमा राखेको सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ तोकिएको छ। सो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् भने बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनत २ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ। यस शेयरमा वैशाख २४ गतेसम्म आवेदन पेस गर्न सकिनेछ ।