काठमाडौं – चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमकहरुले ३६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैतसम्मको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५८ करोड २० लाख बढीको व्यापार गर्न सफल भएका छन् ।
बीमा प्राधिकरणकाअनुसार चैत महिनामा मात्रै सञ्चालनामा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ८७ करोड ९६ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतमा कम्पनीहरुले २ अर्ब ९१ करोड ७७६ लाख कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चैतसम्ममा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चैतसम्ममा ४ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको हो । यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोड र तेस्रोमा हिमालयन एभरेष्ट कम्पनीले ३ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गर्न गरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब १२ करोड, आइजीआई प्रुडेन्सियल ३ अर्ब १२ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड र युनाईटेड अजोडले २ अर्ब ५६ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यसैगरी, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड, सानिमा जिआईसीले २ अर्ब ८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड र नेशनल इन्स्योरेन्सले ९८ करोड बराबर कुल बीमा शुल्क आर्जन गरेको छ ।



About Us
प्रतिक्रिया