सुनकाे मूल्य बढ्दा चाँदी घट्याे, ताेलाकाे कति ?

सुन १६ सयले बढ्दा चाँदी ३० रूपैयाँले घट्याे


काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ५ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।