सिटिजन्स बैंकको १४ लाख बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि १४ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। 

बैंकले बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि सो शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि ९३५ दिन० भित्र कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी पुनः शेयर बिक्रीमा राखिएको हो। 

इच्छुक योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नारायणहिटीपथस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।