काठमाडौं – सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस दिनका लागि महासंघले सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो। गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया