नेको इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर लिलाममा

नेको इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर लिलाममा


बैकिङ्ग समाचार । 
नेको इन्स्योरेन्सले असोज २० गतेदेखि १० लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याइएको हो ।

संस्थापक समूहको शेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २० गते मंगलबारदेखि कार्तिक ४ गते मंगलबार अपराह्न ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरको न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्युनतम ५ हजार कित्ता तोकिएको छ । लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरि लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोल पेश गर्न सक्नेछन् ।

यसरी आवेलदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम समेतर भरेको हुनुपर्ने र स्व घोषणा समेत गरेको हुनुपर्छ ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ । न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेतापनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्रअन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ ।

शिलबन्दी बोलपत्रहरु कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी सार्वजनिक सूचना मार्फत गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।