बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

'सुन १ हजार २ सय र चाँदी ९५ रूपैयाँले बढ्याे'


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार आठ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।