काठमाडौं – नेपाल रिइन्स्योरेन्स कम्पनी हिल्टन होटलको विवादमा फसेपछि कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ। गत भदौको जेन्जी आन्दोलनमा जलेको हिल्टन होटेलको पुनर्बीमा प्रकरणमा कानुन विपरीत काम गरेको देखिएपछि हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स विवादमा फसेका थिए। जसको प्रभावस्वरुप ३ महिनाको अवधिमा कम्पनीको शेयर मूल्य २५ प्रतितले घटेको हो।
यसैक्रममा माघ ४ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता १३२० रुपैयाँ थियो। जुन, हाल घटेर ९८७ रुपैयाँ प्रतिकित्तामा आइपुगेको छ। नेपाल पुर्नबीमा कम्पनी हिल्टन होटल प्रकरणमा विवादित बनेको छ। खासगरी, हिमालयन पुर्नबीमा कम्पनीमा गरेको बीमाको रकम नेपाल पुर्नबीमाबाट भुक्तानीको प्रयास भइरहेको छ। जससँगै, नेपाल पुर्नबीमा कम्पनी र हिमालयन पुर्नबीमा कम्पनी अख्तियारको ‘राडार’मा छन्।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत नै अख्तियारको छानबिनको दायरामा छन्। यसका लागि नेपाल बीमा प्राधिकरणबाट अख्तियारले फाइन नै मगाइसकेको छ। यसबाहेक, प्राधिकरणले कानून बमोजिम नेपाल पुर्नबीमा कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना समेत गरिसकेको छ। फलस्वरुपः नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको शेयर मूल्य घटेको हो। लगानीकर्ताको यो कम्पनीप्रति विश्वास घट्दा मूल्य प्रभावित बनिरहेको हो।



About Us
प्रतिक्रिया