गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन खुल्यो

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन खुल्यो


बैकिङ्ग समाचार । 
गुराँस लाइफ इन्स्योरेन्सको झण्डै ६ लाख कित्ता शेयरमा आवेदन खुलेको छ ।

कम्पनीले लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयर गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयरमा मंगलबारदेखि आवेदन खुलेको हो।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म चुक्ता पूँजीो ६० प्रतिशत हकपद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो समयमा अवितरित भएको झण्डै ६ लाख कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।

लिलामीको शेयरमा १९ गते सोमबारसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इन्स्योरेन्सको शेयर दोस्रो बजारमा सोमबार प्रतिकित्ता ६१६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

\"\"