मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मुक्तिनाथ विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका साविक शेयरधनीलाई दिने बैंकले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका साविक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

साथै, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन।