काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नारायण बहादुर कार्की नियुक्त भएका छन्।
संस्थाका वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि वैशाख ३ गते आजदेखि समाप्त भएकाले सो पदमा कार्की नियुक्त भएका हुन्। उनको कार्यकाल वैशाख ४ गतेदेखि लागू हुनेछ।



About Us
प्रतिक्रिया