कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८८३ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल काठमाडौं –२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।