डिजिटलतर्फ उन्मुख बन्दै राष्ट्रिय जीवन बीमा कम्पनी, सञ्चालनमा ल्यायो मोबाइल एप


काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले डिजिटल सेवा तथा मोबाइल एप सञ्चालनमा ल्याएको छ। कम्पनीले सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारलाई
कागजातबिहीन बनाएको जानकारी दिएकाे छ।

अबदेखि कम्पनीको सेवा प्राप्त गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै विभिन्न सुविधाहरू डिजिटल माध्यमबाटै प्राप्त प्र गर्न सकिनेछ ।

मोबाइल एप : गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी बीमा शुल्क भुक्तानी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सकिनेछ।

अनलाइन भुक्तानीः बीमा शुल्क र कर्जाको साँवा ब्याज अब घरैबाट कनेक्ट आइपीएस, इसेवा,खल्ती तथा फाेन पे मार्फत सहजै भुक्तानी गर्न सकिनेछ। कागजातविहीन आर्थिक कारोबारः कम्पनीबाट हुने दाबी भुक्तानी, भेन्डरभुक्तानी लगायतका सम्पूर्ण खर्च एवं भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमाआबद्ध गरी पूर्ण रूपमा ‘पेपरलेस बनाइएको छ।

प्रविधिको यो उच्चतम प्रयोगबाट सेवा प्रवाहमा अझ सहज, सुरक्षित, प्रभावकारीता, पारदर्शिता, शीघ्रता र विश्वस्तनियता कायम हुने कम्पनीले विश्वास लिएको छ। साथै, कम्पनीले आगामी दिनहरूमा समेत सूचना प्रविधिमा आधारित सेवाहरूको थप विस्तार, स्तरोन्नति तथा नवप्रवर्तन गर्दै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।