आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – आरम्भ चौतारी लघुवित्तले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन्।

साथै, संस्थाले संस्थापक शेयर संख्या भने खुलाएको छैन।