जनरल इन्सुरेन्सको आइपीओ बिक्री खुल्यो

जनरल इन्सुरेन्सको आइपीओ बिक्री खुल्यो


बैकिङ्ग समाचार ।
जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ ।   जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ( ४ प्रतिशत) सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता (५ प्रतिशत) म्युचुअल फण्डका लागि छुटयाइएको छ ।

बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।  कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।