सानिमा लाइफ इन्स्योरेन्सको सिईओमा अगम मुखियाको इन्ट्री पक्का 

सानिमा लाइफ इन्स्योरेन्सको सिईओमा अगम मुखियाको इन्ट्री पक्का 


बैकिङ्ग समाचार ।  

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुुखियाको प्रवेश पक्का भएको छ । बीमा समितिले उनलाई नियुक्त गर्न अनुमति दिएपछि उनको इन्ट्री लगभग पक्का जस्तै भएको हो । 

शुक्रबार मुखियालाई सिईओ नियुक्ती गर्न सानिमा लाईफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ । यसै साता रिलायबल लाईफबाट राजिनामा स्वीकृत भएसँगै उनलाई सिईओ नियुक्ती गर्न अनुमति दिएको हो । आइतबार मुखियालाई सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले सिइओमा नियुक्ती गर्नेछ ।

यसअघि मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा डेपुटी सिईओ पदमा कार्यरत थिए । स्नातकोत्तर तह उत्तिर्ण गरेका मुखिया जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन् । उनले नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष, रिलायवल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा करिब चार वर्ष काम गरी जीवन बीमाको राम्रो अनुभव बटुलेका छन् ।