डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले संस्थाको कर्पाेरेट कार्यालय सितापाईला काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।