न्यूनतम १२ करोडको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै नेपाल बैंक

न्यूनतम १२ करोडको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै नेपाल बैंक


बैकिङ्ग समाचार ।
नेपाल बैकले कम्तिमा १२ करोड बराबरको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गाहरु बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले बिक्रीमा राखेको घरजग्गाहरु खरिद गर्न ईच्छुक फर्म वा व्यक्तीले आफुले तिर्ने मूल्य कबुल गरी नेपाल बैकको प्रधान कार्यालयबाट उपलब्ध गराइएको फाराम भरी सम्बन्धित शाखा कार्यालयहरुमा २१ दिन भित्र आवेदन बुझाउन भनेको छ।

बैंकले काठमाडौं उपत्यकाका बालाजु, थानकोट लगायत विभिन्न १० शाखा कार्यालयहरुको नाममा रहेको गैर बैकिङ सम्पति बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको गैर बैकिङ्ग सम्पतिको न्यूनतम मूल्य ११ करोड ६८ लाख ७७ हजार रहेको छ ।

खरिदकर्ताले नेपाल बैंकको प्रधान कार्यालय, कर्जा असुलि विभागबाट समेत बोलपत्र फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट कर्जा असुलि विभाग र सम्बन्धित शाखहरुमा बोलपत्र खोलिने बैंकले जनाएको छ। बैंकले यसअघि गैर बैकिङ्ग सम्पत्ति बिक्रीका लागि गत चैत्रमा प्रकाशित गरेको सूचना रद्ध गरिएको समेत जानकारी गराएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ५५ करोड खुद नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा २ अर्ब २१ करोड छ ।

सअधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा, मूल्य आम्दानी अनुपात १०.९९ गुणा तथा प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा छ।

बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख छ । जसको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ, शेयरधनी कोषमा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

\"\"

\"\"