नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा असोज २८ गते

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा असोज २८ गते


बैकिङ्ग समाचार ।
नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे विशेष साधारण सभा आह्वान गरेको छ ।

उक्त विशेष साधारण सभाबाट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । सभाले मूल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सिटी एक्सप्रेसको शेयरमूल्य (१०० बराबर ३० कित्ता) पारित गरी प्राप्ती सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

यसैगरी अन्तिम सम्झौतापत्र तथा प्राप्ति कार्यका लागि भए गरेका सम्झौताहरुको अनुमोदन, लेखापरिक्षक तथा मूल्याङ्कनकर्ताको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने तथा सिटी एक्सप्रेस फाइनान्स प्राप्ती पश्चात पूँजी वृद्धि मुताविक बैंकको प्रबन्धपत्र संशोधन गर्ने तथा नियामक निकायबाट प्राप्त हुने निर्देशन अनुरुप थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि विशेष साधारण सभामा रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारणले वेवीनार अनलाईन (भर्चुअल) माध्यमबाट सभामा भाग लिने व्यवस्था मिलाइएको र सभामा आफ्नो मन्तव्य राख्न तथा मतदान गर्न चाहने शेयरधनीहरुले सभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि बिहान १० बजेदेखि दिनको ४ बजेभित्र फोन गरी नाम र इमेल ठेगाना टिपाएर सहभागिता जनाउन सकिने बैंकले जनाएको छ ।

विशेष साधारण सभाका लागि बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार असोज १५ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी कायम शेयरधनीहरुले सो सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

यसैगरी सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि इन्भेष्टमेन्ट बैंकसँग विलय हुने प्रस्ताव पारित गर्न सोही दिन केन्द्रीय कार्यालय घण्टाघरमा बिहान १० बजे विशेष साधारण सभा आह्वान गरेको छ।

प्राप्ती प्रकृयामा गएपछि २७७६ पुस २८ गतेदेखि नै फाइनान्सको शेयर कारोबार रोक्का भएकाले सो मितिसम्म कायम शेयरधनीले सभामा भिडियो कन्फरेन्स मार्फत सहभागिताा जनाउन सकिने जनाइएको छ ।