\’प्रभु बैंक डिबेन्चर २०८४\’ नेप्सेमा सूचीकरण, बिहीबारबाट किनबेच गर्न सकिने

\’प्रभु बैंक डिबेन्चर २०८४\’ नेप्सेमा सूचीकरण, बिहीबारबाट किनबेच गर्न सकिने


बैकिङ्ग समाचार।

प्रभु बैंकले गत साउनमा बिक्री गरेको 'प्रभु बैंक डिबेन्चर २०८४' नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गराएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको 'प्रभु बैंक डिबेन्चर २०८४'जारी गरेको हो।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै बिहीबारबाट कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो । यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

यस अघि प्रभु बैंकले २०७६ कात्तिकमा दश वर्ष अवधिको '१०.२५% प्रभु बैंक डिबेन्चर २०८६' बिक्री गरेको थियो ।