अरुण भ्याली हाइड्रोले ९९.८३ करोडको हकप्रद जारी गर्ने, मुक्तिनाथ क्यापिटल बन्यो बिक्री प्रबन्धक

अरुण भ्याली हाइड्रोले ९९.८३ करोडको हकप्रद जारी गर्ने, मुक्तिनाथ क्यापिटल बन्यो बिक्री प्रबन्धक


बैंकिङ्ग समाचार। 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको सतप्रतिशत हकप्रद निश्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमीटेड धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । 

अरुण भ्यालीको १९औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ अनुपातको कुल रु.९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको हो । 

यो विषयमा दुवै कम्पनीका अधिकारीबीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा अरुण भ्यालीको तर्फबाट कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपाने र मक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले निकट भविष्यमै ९९,८३,२३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९९ करोड ६६ लाख पुग्नेछ । 

अरुण भ्याली कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरी २०५६ सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ । 

हकप्रद सेयरमार्फत संकलन हुने पूँजीलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने बताइएको छ ।