नेप्सेमा मंगलबार एकैदिन २३ अंकको गिरावट, १७० कम्पनीको शेयरमूल्य घट्यो

नेप्सेमा मंगलबार एकैदिन २३ अंकको गिरावट, १७० कम्पनीको शेयरमूल्य घट्यो


बैंकिङ्ग समाचार ।

सेयर बजारमा नेप्से सूचक एकैदिन २२.९१ अंकले घटेर १ हजार ५४६ दशमलव १५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १९९ कम्पनीमध्ये १७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १२ कम्पनीको सेयरमूल्य स्थीर रहँदा १७० कम्पनीको सेयरमूल्य घटेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.८४ अंकले घटेर ३०७.३९ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा बैंकिङ्ग समूहको उपसूचक २२.३६,विकास बैंक ४०.३, जलविद्युत २४.९१, निर्जीबन बीमा ११२.६६, उत्पादन तथा प्रशोधन ३५.०४, माइक्रोफाइनान्स २३.२४, जीवन बीमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३१ करोड ९४ लाख १० हजार ६८३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र नेपाल रि-इन्स्योरेन्स रहेको छ ।

यूनाइटेड फाइनान्स, बरुण हाईड्रोपावर, पञ्चकन्या माइ हाईड्रोपावर, तारागाउँ रिजेन्सी होटल, लक्ष्मी उन्नती कोषका लगानीकर्ताले कमाएका छन भने लिबर्टी इनर्जी, घलेम्दी हाईड्रो, यूनाइटेड मोदी हाईड्रो, खानीखोला हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

\"\"