जनसंख्या भन्दा धेरैले खोले बैंक खाता, ३५ प्रतिशत जनता अझै बैंकिङ्ग पहुँच बाहिर 

जनसंख्या भन्दा धेरैले खोले बैंक खाता, ३५ प्रतिशत जनता अझै बैंकिङ्ग पहुँच बाहिर 


बैंकिङ्ग समाचार । 
हालसम्म करिब ३ करोड २० लाख जनताले बैंकमा खाता खोलेका छन् । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियानले गर्दा यो अवस्थासम्म पुग्न सम्भव भएको राष्ट्र बैंक बताउँछ । गत वर्ष जेठसम्म ६१ प्रतिशत बैंकिङ्ग पहुँचमा रहेको तथ्याकं राष्ट्र बैंकसँग छ । यस तथ्याकंलाई केलाउँदा नेपालमा अझै ३५ देखि ४० प्रतिशत जनता अझै बैंकिङ्ग पहुँच बाहिर रहेको देखिन्छ । तर, सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई निरन्तरता दिइएको र यो अभियान सक्दो छिटो पुरा हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट बताउँछन् । 

२०७६ बैशाख मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड ७३ लाख तथा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको राष्ट्र बैंकको तथ्याकंले देखाउँछ । यस्तै २०७७ जेठसम्म थप ५० लाख खाता खोलिएको प्रवत्ता भटले बताए । यस्तै आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा २ करोड ८० लाखको हाराहारीमा खाता रहेको थियो । 

यसैगरी २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको छ । त्यसैगरी, मोबाइल बैंकिङ्गका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार,
जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ ।