बैंक अफ काठमाण्डूका सीइओको बदमासीः आफुखुशी कर्मचारी निकाल्ने, मुद्दा हार्ने !

बैंक अफ काठमाण्डूका सीइओको बदमासीः आफुखुशी कर्मचारी निकाल्ने, मुद्दा हार्ने !


बैकिङ्ग समाचार।
आफुखुसी कर्मचारी निकाल्ने आरोप लागेका बैंक अफ काठमाण्डूका सीइओविरुद्ध कर्मचारीले श्रम अदालतमा हालेको मुद्धामा श्रम अदालतले बैंकलाई दोषी ठहर गरेको छ । बैंकको कानुन विभागमा काम गर्ने सुदीप पौडेलले आफुलाई प्रचलित कानुन विपरित बैंकबाट हट्न बाध्य बनाइएको भन्दै श्रम अदालतमा मुद्धा दर्ता गराएका थिए । उक्त मुद्धाको फैसला गर्दै अदालतले बैंकलाई दोषी ठहर गरेको हो । 

\"\"

बैंकले आफुखुसी गर्दै उनलाई बैंकबाट हट्न बाध्य बनाएपछि उनी अदालत गएका थिए । बैंकिङ समाचारलाई प्राप्त पत्रअनुसार अदालतले २०७६ साल माघ १५ गते नै पौडेलका पक्षमा फैसला गरेको थियो । तर बैंकले अदालतको फैसलासमेत नटेरेपछि पौडेलले २०७७ साल भद्र २६ गते पुनः उक्त फैसला कार्यान्वयन नभएको भन्दै कार्यान्वान्वयनका लागि पुनः अदालतमा निवेदन दर्ता गराएका थिए । बैंकले पुन २०७७ साल भदौ ३१ गते उक्त फैसला कार्यान्वयनका लागि बैंकलाई ताकेता गर्दै पत्र लेखेको छ ।    

श्रम अदालतमा  झन्डै आदा दर्जन मुद्धा 

सीइओ शोभनदेव पन्तले आफ्नो पक्ष र हितको लागि काम नगरेकै कारण नेपालगन्जका शाखा प्रबन्धक हरिश बडु, खैरेनीटारकी शाखा प्रबन्धक दीपा केसी, खैरेनीटारकै प्रकाश न्यौपाने, कानुन विभागका प्रबन्धक सुदिप पौडेल, सहायक महाप्रबन्धक पुष्पराज भण्डारी, डिजिएम प्रवीन प्रकाश क्षेत्री, चेतन बरसिं थापा, सिनियर म्यानेजर आनन्द पाण्डे, म्यानेजरहरु विज्ञान घिमिरे, गणेश लम्साल, आराधना मल्ल, विष्णु चालिसेलाई  बैंकबाट हट्न बाध्य पारेको भन्दै झन्डै आदा दर्जन मुद्धा अहिले श्रम अदालतमा छन् । 

केहिले मुद्धा जितिसकेपनि बैंकले अदालतको फैसला कार्यान्वयन गर्न मानिरहेको छैन । सहायक महाप्रबन्धक पुष्पराज भण्डारीलाई त अझ निकाल्ने केहि बहाना नपाएपछि सुर्खेत सरुवा गरिएको थियो । जवकी बैंकको कर्मचारी विनियमावली २०७३मा मेनेजर भन्दा माथिको पदका कर्मचारीहरुलाई सरुवा गर्न नपाइने व्यवस्था छ ।