सिभिल बैंकको स्पष्टीकरणः मर्जरको विषयमा हामीले हल्ला गरेका छैनौं 

सिभिल बैंकको स्पष्टीकरणः मर्जरको विषयमा हामीले हल्ला गरेका छैनौं 


बैकिङ्ग समाचार। 
सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको बताएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । 

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् ।

हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् ।

सिभिल बैंक एक कमजोर कमर्सीयल बैंक हो भने हिमालयन बैंक एक सवल बैंकमा पर्छ । निकै कमजोर अवस्थामा रहेको सिभिल अर्कोसवल बैंकमा जाने हल्ला चलेपछि सेयर मूल्य भने आइतबार निकै बढेको थियो । अब भने सिभिलले मर्जरमा जाने प्रारम्भिक सहमति पनि नगरेको पुष्टि भएको छ ।