मेगा बैंकको १८ लाख कित्ता बढी शेयर लिलाममा, कहाँ दिने आवेदन ?

मेगा बैंकको १८ लाख कित्ता बढी शेयर लिलाममा, कहाँ दिने आवेदन ?


बैकिङ्ग समाचार।
मेगा बैंकले १८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाम गर्ने लागेको हो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गर्न लागेको हो । बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ । 

बैंकले यी शेयर आगामी असोज ११ देखि असोज १८ गतेसम्म लिलाम गर्न लागेको हो । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन दिनको लागि निम्न स्थान तोकिएका छन् ।

\"\"