यो दशैंमा गाडी लिने सोचमा हुनुहुन्छ,  यस्तो छ फोर्ड फेस्टिभ अफर

यो दशैंमा गाडी लिने सोचमा हुनुहुन्छ,  यस्तो छ फोर्ड फेस्टिभ अफर


बैकिङ्ग समाचार।

जिओ अटोमोबाइल्सले दसैंतिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ। योजना अनुसार नगद छुट,  सडक कर र एक वर्ष निशुल्क बीमा लगायतका सुविधा छन्।

कम्पनीले ल्याएको पहिलो योजनामा ग्राहक बक्सबाट स्क्रयाच कार्ड छनोट गरेर साढे चार लाख रुपैयाँसम्म नगद छुट पाउने जनाएको छ। प्रत्येक स्क्रयाच कार्डमा २५ हजार ग्यारेन्टी छुट र बढीमा डेढ लाख रुपैयाँसम्मको हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योजना अन्तर्गत ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसरिज पाउने कम्पनीले जनाएको छ।

कम्पनीको दोस्रो योजना अनुसार ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुनपर्ने सुविधा पनि छ। योजना अनुसार माछापुच्छ्रे बैंकमार्फत कर्जा पाइने र कम्पनीले ६ महिना ब्याज वापतको रकम तिरिदिनेछ। यो योजनामा पनि ग्राहकले एसेसरिज र बीमा पाउने कम्पनीले जनाएको छ। कम्पनीले ल्याएको तेस्रो योजनामा स्थगित भुक्तानी अन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिएर गाडी लिन सक्नेछन्।

कम्पनीका अनुसार बाँकी २० प्रतिशतको लागि ग्राहकलाई चार महिनाको थप अवधि प्रदान गरिनेछ। चार महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाएर किस्तामा तिर्नुपर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाँकी रकम तिरिसकेपछि बैंक ऋणको प्रस्ताव अगाडि बढाउने र त्यसमा ग्राहकले बैंकको किस्ता पहिला ब्योहोर्न पर्ने छैन्।