७ महिनापछि आन्तरिक हवाई उडान खुल्दै, न्युनतम भाडा कति ?

७ महिनापछि आन्तरिक हवाई उडान खुल्दै, न्युनतम भाडा कति ?


बैकिङ्ग समाचार।
सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ। एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।
सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।

एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्। तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्।

कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो।