बैंक अफ काठमाडौंको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

बैंक अफ काठमाडौंको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार।

बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको थियो।

बैंकको संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारणहरुले शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

लिलामीमा बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा बोलपत्र पेश गर्नुपर्ने हुन्छ।

बोलपत्र पेश गर्दा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्तिरसंस्था सीमाको अधिनमा रही आवेदन दिन सकिने जनाइएको छ।

बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।