पैसा ठिक पार्नुस, जनरल इन्स्योरेन्सको ३० करोडको आइपीओ खुल्दै

पैसा ठिक पार्नुस, जनरल इन्स्योरेन्सको ३० करोडको आइपीओ खुल्दै


बैकिङ्ग समाचार  ।
जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराब रको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिने शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटलले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्नेहुन्छ ।