एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयरको लिलामी खुल्यो


बैकिङ्ग समाचार।
नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ५ लाख कित्ता संस्थापक शेयरको बिक्री खुला भएको छ ।

बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले लिलामी प्रक्रियाबाट उक्त शेयर बिक्री गर्ने जनाएको छ ।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ।

इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आवेदन दिनु पर्नेछ।

बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलमा बोलपत्रवाता वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।